१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

टी-२० विश्वकप क्रिकेटः नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिज सुपर ८ मा प्रवेश

आइसिसी टी-२० विश्वकप क्रिकेटमा लगातार तेस्रो हार ब्यहोर्दै नेपाल समूह चरणमै रोकिएको छ ।

पहिलो खेलमा इंल्यान्डसँग ४ रन र दोस्रो  खेलमा इटलीसँग १० विकेटले पराजित भएको नेपाल आफ्नो तेस्रो खेलमा आइतबार वेस्ट इन्डिजसँग ९ विकेटले हारेको हो । यो जितसँगै डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज लगातार तेस्रो जितसँगै सुपर ८ मा प्रवेश गरेको छ । नेपाल भने लगातार तेस्रो हारसँगै अंकविहीन छ । नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

भारत मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । क्यारेबियन टोलीलाई सुपर ८ मा पुर्याउन सिमरोन हेट्मेयरले ४६ र साई होपले ६१ रनको योगदान गरे । ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए। सोमपाल कामी २६ रनमा नटआउट रहँदा लोकेश बमले १३, आशिफ शेख र गुल्शन झाले समान ११ रन बनाए ।

क्यारेबियन टोलीका लागि जासन होल्डरले सर्वाधिक ४ विकेट लिए । 

प्रकाशित: ३ फाल्गुन २०८२ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App