भारत र अफगानिस्तानबीचको तीन खेलको टी-२० क्रिकेट शृंखला आज सुरु हुँदैछ। पहिलो खेल देल्लीमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।
भारत श्रेयस ऐर र अफगानिस्तान इब्राहिम जर्दानको कप्तानीमा मैदान उत्रनेछन्। भ्रमणकारी टोलीले अधिकांश पुराना खेलाडीलाई मौका दिँदा भारतले भने युवालाई अवसर दिएको छ। नविन उल-हक टोलीमा फर्किएपछि अफगानिस्तानलाई केही राहत हुने देखिएको छ।
भारत भ्रमणमा रहेको अफगानिस्तानले दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार खेल्नेछ। सबै खेल दिल्लीमा हुनेछन्।
प्रकाशित: २८ भाद्र २०८३ १७:२० आइतबार





