१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी-२० पुरुष विश्वकप : जिम्बावेले वेस्ट इन्डिजको सामना गर्दै

आईसीसी टी-२० पुरुष विश्वकप अन्तर्गत सुपर-८ मा आज अपराजित वेस्ट इन्डिज र जिम्बावे आमने-सामने हुँदैछन्।

सोमबार यी दुई टोलीबिच मुम्बईको वानखडे क्रिकेट रंगशालामा बेलुका ७:१५ बजेबाट सुरु हुनेछ। सन् २०२४ को संस्करणको लागि छनोट हुन नसकेको जिम्बावेले पहिलो चरणमा पूर्व विश्व च्याम्पियन अस्ट्रेलिया र श्रीलंकालाई पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सुपर-८ मा पुगेको हो।

वेस्ट इन्डिज पनि समूहमा विजयी रहँदै शीर्ष ८ मा पुगेको हो। यी दुई टोलीबिचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ। वेस्ट इन्डिज टी-२० पुरुष विश्वकपको दुई पटकको विजेता हो भने जिम्बावेले हालसम्म उपाधि जितेको छैन।

प्रकाशित: ११ फाल्गुन २०८२ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App