स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप-२०२६ को ‘नकआउट’ चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो।
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गासले गोल गरे। उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए। खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे। तर खेलमा त्यसपछि गोल हुन सकेन र अन्ततः स्विट्जरल्यान्डले क्यानडामाथि २-१ गोलको जित निकाल्यो।
स्विट्जरल्यान्डले तीन खेलबाट सात अङ्क जोड्यो। पराजित क्यानडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको चार अङ्क छ। यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोलअन्तरका कारण पछि पर्यो।
प्रकाशित: ११ असार २०८३ ०६:३४ बिहीबार



-600x400.jpg)

