नेपाल प्रिमियर लिग(एनपिएल)मा माथिल्लो क्रमका ब्याटर चल्दा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित २० ओभरमा सुदूरपश्चिमले सात विकेट गुमाउँदै १९३ रन जोडेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि आज ओपनर ब्याटर चलेका थिए।
जुन काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा उल्टो थियो। आज ओपनरद्वय जोस ब्राउन र विनोद भण्डारीले शतकीय साझेदारी गरे। १०८ रनको साझेदारी गर्ने क्रममा ब्राउनले ३५ बलमा ६८ रनको योगदान दिए भने विनोदले ४२ बलमा ४३ रन जोडे।
तेस्रो क्रममा आएका अर्का ब्याटर क्रिस लिनले १३ बलमा आक्रामक ३१ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रनको योगदान दिए। सुरुवातमा २०० सयभन्दा माथि देखिएको स्कोर अन्तिममा भने ब्याटर धर्मधराउन त्यति पुग्न सकेन्।
पोखराका तर्फबाट जेम्मी निसमले ३, ड्यान डथवेट र आकाश चन्दले २–२ विकेट लिए।
प्रकाशित: ५ मंसिर २०८२ १७:५६ शुक्रबार





