स्वास्थ्य बिमामार्फत उपचार गर्ने विरामीको हकमा औषधि सेवाप्रदायक स्वास्थ्य संंस्थाभित्रै व्यवस्था गर्न स्वास्थ्य बिमा बाेर्डले निर्देशन दिएको छ।
बुधवार एक विज्ञप्ति जारी गर्दै बिमामार्फत उपचार लिएका विरामीलाई स्वास्थ्य संस्थाबाहिर उपचार गर्न पठाएको गुनासो आएकाले उनीहरूलाई बिमा सेवाभित्रै, स्वास्थ्य संस्थाभित्रै दिनुपर्ने र बाहिर पठाएमा कारवाही गरिने बोर्डले जनाएको छ।
‘बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको हुँदा उक्त विषयहरू स्वास्थ्य बिमा ऐन २०७४,स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका विपरीतका गतिविधि हुन’ जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २७ फाल्गुन २०८२ १३:२१ बुधबार





