भ्याली भ्यु र ज्ञानोदयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार सफलता हात पारेका छन्।
कीर्तिपुरस्थित आयोजक पुष्पसदनमा भइरहेको प्रतियोगितामा भ्याली भ्युले एभिएमलाई ३८–११ तथा ज्ञानोदयले ग्रिन भिलेजलाई २३–१२ ले पराजित गरे। भ्याली भ्युका गणेश विष्टले १५ तथा ज्ञानोदयका जिरीवतले ८ अंक जोडे। सिनियर ब्वाइजमै मंगलले बाघभैरवलाई ४६–१४, मगसले क्रिएटिभ एकेडेमीलाई ३१–१८, एलआरआईले ल्याबोरेटरीलाई २४–२१ र स्वर्णिमले न्यु जेनिथलाई २४–१४ ले पाखा लगाए।
मंगलका अनुक महर्जनले २३, मगसका सिमोन रम्जालीले १७ र स्वर्णिमका प्रतीक महर्जनले १३ स्कोर गरे। जुनियर ब्वाइजमा राराहिलले भ्याली भ्युलाई १७–१२ तथा लिटिल एन्जल्स (एलए) ले रेडियन्ट रिडर्सलाई १८–९ ले पन्छाए।
प्रकाशित: २४ कार्तिक २०८२ ०६:४८ सोमबार





