१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग : टप स्पिन र एभिएमको अग्रता

टप स्पिन टेबल टेनिस गुड्स नेपाल र एभिएम टेबल टेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को आइतबार पहिलो चरणको समाप्तिमा अग्रता लिएका छन्।

एभिएम पहिलो सिजनको विजेता हो। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आइतबारदेखि सुरु भएको प्रतियोगितामा यी दुवैले समान १० अंक बटुल्दै अग्रता लिएका हुन्। 

टेबल टेनिसको शक्ति राष्ट्र चीनका साथै भारत, पाकिस्तान र चाइनिज ताइपेईका खेलाडीले विभिन्न क्लबमा आबद्ध रहेर प्रतिस्पर्धा गर्नेछन्। हरेक टोलीमा एक महिला र पुरुष विदेशी खेलाडी रहनेछन्। विभिन्न देशका खेलाडीलाई अनुबन्धित गरी नेपाली क्लबहरूले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै आएका छन्। नेपाल टेबल टेनिस संघको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा चार राष्ट्रका विदेशी खेलाडी विभिन्न क्लबमा अनुबन्धित छन्।

आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी र द ड्रागन्स टेबल टेनिस क्लबको समान ९ अंक छ। भोर्टेक्स नेपाल टेबल टेनिस क्लबले ८ तथा कीर्तिपुर नगरपालिकाले सात अंक जोडे। होप्स टेबल टेनिस एकेडेमी र ओल्ड हाउस रेस्ट्रोले समान ६ अंक तथा यल टेबल टेनिस र खोल्चा पुखु खेलकुद समितिले समान पाँच अंक बटुलेका छन्। 

प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद पूर्वमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। नेपाली टेबल टेनिसकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा १० टोली सहभागी छन्। विजेताले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५÷७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुक्रबारसम्म चल्नेछ।

प्रकाशित: १ भाद्र २०८२ २०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App