२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई योगेशको निर्देशन- जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नू

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

कमल गाउँपालिका गेउरियाम आइतबार आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए।

उपमहासचिव भट्टराईले सबै नेता-कार्यकर्ताले निर्वाचनमा आ-आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले झापामा एमालेको विजय सिङ्गो पार्टीको प्रतिष्ठासँग गाँसिएकाले जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नुपर्ने बताए।

उनले भने, ‘यो देशको स्वाभिमानलाई माथि उठाउन, राष्ट्रियतालाई सुदृढ बनाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) विजयी हुनुपर्छ।’

प्रकाशित: १७ फाल्गुन २०८२ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App