१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

पहिलो टी-२० श्रृङ्खलामा दक्षिण अफ्रिकाको जित

न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको पाँच टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। 

आईतबार न्यूजिल्यान्डमा भएको श्रृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको न्यूजिल्यान्डले १४.३ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनायो। 

न्यूजिल्यान्डको लागि जेम्स निशमले सर्वाधिक २६ रन बनाए। ९२ रनको सामान्य लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

दक्षिण अफ्रिकाको लागि कोनर एस्टरहुइजेन सर्वाधिक ४५ रन बनाउँदै नटआउट रहे। न्यूजिल्यान्डको लागि कप्तान मिचेल स्यान्टनरले १ विकेट लिए। 

दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेसँगै १-० को अग्रता बनाएको छ।

प्रकाशित: १ चैत्र २०८२ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App