२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

स्क्रेबल टोली मलेसिया जाने

विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ।

खेलाडीमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन दाहाल, नित्यन्त चौलागाईं, त्रिसंगी श्रेष्ठ, सम्यम केसी, जेशिका श्रेष्ठ, खुसी श्रेष्ठ, युब श्रेष्ठ, तुसान खतिवडा, आयाम सापकोटा, आदित्यजंग मल्ल र सम्यम शर्माले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

यु–१६ उमेरसमूहमको प्रतियोगितामा २४ चरणको खेल हुनेछ । वर्ल्ड इङ्लिस स्क्रेबल प्लेयर एसोसिएसन (वेस्पा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजेन्द्र पौडेल तथा प्रशिक्षकमा अर्जुन पाण्डे, प्रशान्त दाहाल र विनय श्रेष्ठ छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे।

स्क्रेबल क्लब प्रदेश खेलकुद परिषद्, गण्डकीमा दर्ता रहेको क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जनाएका छन्। स्क्रेबल अक्षरबाट शब्द बनाएर खेलिने खेल हो।

प्रकाशित: १२ भाद्र २०८२ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App