२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

सन्दीपले दिलाए तेस्रो विकेट

आइसिसी टी ट्वान्टी विश्वकपको पहिलो खेलमा अहिले नेपालले इङ्ल्यान्डविरुद्ध बलिङ गरिरहेको छ।  

मुम्बईको वाङखडे स्टेडियममा समूह ‘सी’ पहिलो खेलमा नेपालसँग इङ्ल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो।  

स्पिनर सन्दीप लामिछानेले आफ्नो स्पेलको पहिलो बलमा नै विकेट लिएका छन्। उनले टम बेन्टोनलाई २ रनमा एलबीडब्लू धरापमा पारेका हुन्।  

योसँगै इंल्यान्डले आफ्नो तेस्रो विकेट गुमाएको छ।  

यसअघि आफ्नो अन्तर्राष्ट्रिय डेब्यू खेलमा शेर मल्ल र नन्दन यादवले नेपाललाई सफलता दिलाएका हुन् । आफ्नो पहिलो बलमा शेरले फिल सल्टलाई एक रनमा र नन्दनले जोस बट्लरलाई २६ रनमा क्वाच आउट गराएका हुन् । 

प्रकाशित: २५ माघ २०८२ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App