४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

साफ यू-१७ महिला च्याम्पियनसिप: बुधबार बंगलादेशसँग पराजित भए नेपाल उपाधि होडबाट बाहिरिने

अहिले भुटानमा साफ यू-१७ महिला च्याम्पियनसिपको आयोजना भइरहेको छ।  आयोजक राष्ट्र भुटानसहित, नेपाल, भारत र बंगालदेशले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।  

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भइरहेको प्रतियोगिताको पहिलो चरणको खेल सकिँदा भारत ९अंक सहित शीर्ष स्थानमा छ। त्यस्तै, बंगालदेश ६ अंकसहित दोस्रो र नेपाल ३ अंकसहित तेस्रो स्थानमा छ । आयोजक भुटानले भने अंक जोडेको छैन ।  

पहिलो चरणका तीन खेलमध्ये नेपालले भारत र बंगलादेशसँग हार बेहोरेको हो भने आयोजक भुटानलाई पराजित गरेको थियो ।  

उपाधि जित्ने लक्ष्य बोकेको नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले भुटान उड्नु अघि साफका लागि लामो समयदेखि तयारी रहेको र खेलाडीहरुले पनि धेरै मेहेनत गरेकाले आशावादी रहेको बताएका थिए ।  

तर, प्रतियोगिताको पहिलो खेलमै नेपालले भदौं ४ गते भारतसँग ७-० को फराकिलो हार भोग्यो। पहिलो हाफमा ५ गोल गरेको भारतले दोस्रोमा २ गोल थप्यो । निर्धारित समयभरी नेपालले भारतको पोष्टमा कुनै सशक्त प्रहारसम्म गर्न सकेन ।  

भारतसँग फराकिलो अन्तरले हारेपछि प्रशिक्षक श्रेष्ठलले पाएको अवसरलाई गोलमा बदल्न नसकेको बताए। उनले भनेका थिए,'हामीले पहिलो गोल गर्न सकेको भए, हामी दबाब दिन सक्थ्यौं । खेलाडीहरुले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन्।'

नेपालले भदौ ६ मा आयोजक राष्ट्र भुटमालाई एकका विरुद्ध दुई गोलले हरायो । पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्उँदै नेपालले पुनरागमन जित निकालेको हो ।  

जितपछि पत्रकारसँग स्ट्राइकर यम कुमारी विकले प्रतियोगितामा उपाधिको होड कायम राख्न भुटानमाथि जित निकाल्न आवश्यक रहेके बताइकी थिइन् ।  

त्यस्तै, प्रशिक्षक श्रेष्ठले बाँकी रहेको अन्य खेलमा पनि राम्रो जित्दै गएका नेपालको सम्भावना  रहेको बताएका थिए।  

तर नेपाल पहिलो चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले स्तब्ध हुन पुग्यो । बंगलादेशलाई खेलको ४० मिनेटसम्म रोकेपनि सोपछि लय गुमाउँदा नेपाल हार भोग्न बाध्य भयो । पहिलो हाफमा नै दुई गोल गरेको बलियो टोली बंगलादेशले दोस्रोमा एक गोल थप्यो । दोस्रो हाफमा नेपालले सुधारिएको खेल खेलेपनि गोललाई पोष्टको दिशा भने दिन सकेनन् ।  

खेलपछि प्रशिक्षक श्रेष्ठले गोल खाएपछि नेपाली खेलाडी आत्तिएकाले लय गुमाएको प्रतिक्रिया दिए । उनले भने, 'बंगालदेशले गोल गरेपछि मेरा खेलाडीहरुको मनोबल घटन् थाल्यो। खेलाडीहरु त्यसपछि आतिए। तर, आतिनु पर्ने केही थिएन्।'  

जारी प्रतियोगिता डबल राउन्ड रोबिनमा आधारमा भइरहेको छ । दोस्रो चरणमा नेपालले फेरि बंगलादेश, भारत र भुटानसँग खेल्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने भएकाले नेपाललाई दोस्रो चरणका सबै खेल जित्नु पर्ने दबाब छ । भदौ ११ गते हुने बंगलादेशसँगको खेलमा पराजित भए नेपाल उपाधि होडबाट बाहिरिने छ ।  

नेपालले भदौ १३ गते भारतसँग र लिगको अन्तिम खेलमा भुटानसँग भदौ १५ गते खेल्ने तालिका छ।

प्रकाशित: ९ भाद्र २०८२ १६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App