१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ यू-१७ महिला च्याम्पियनसिप : बंगलादेशलाई जित्नैपर्ने दबाबमा नेपाल

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशको सामना गर्दैछ।

बुधबार खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार दिउँसो २:४५ मा सुरु हुनेछ। जारी प्रतियोगितामा नेपालले आज आफ्नो चौथो खेल खेल्दैछ।

नेपालले बंगलादेशसँग आज दोस्रो पटक सामना गर्न लागेको हो। नेपाल आज बंगलादेशलाई जित्नैपर्ने दबाबमा छ। यसअघि नेपालले खेलेका ३ खेलमा दुईमा हार र एकमा जित हासिल गरेको छ।

नेपाल आज बंगलादेशसँग हारेमा उपाधि होडबाट बाहिरिनेछ। यदि बंगलादेशलाई जितेमा उपाधि नजिक पुग्ने सम्भावना जीवित रहनेछ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा भारत ९ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित: ११ भाद्र २०८२ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App