नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरिक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएका छन्। प्रतियोगिता भारतको गोवास्थित मिरामार समुन्द्र किनारमा हुँदैछ।
यस इभेन्टको कूल दुरी ११३ किलोमिटर रहेको छ। जसअन्तर्गत पौडी १.९ किलोमिटर, साइक्लिङ ९० किलोमिटर र दौड २१.१ किलोमिटर रहेको छ।
रविन्द्र हाल नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत् छन्। नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ तथा उपाध्यक्ष एवम् पूर्व प्रहरी महानिरिक्षक धिरजप्रताप सिंहलगायतको उपस्थितिमा रविन्द्रलाई शुभकामना तथा विदाइ कार्यक्रममा ट्रिसुट र साइकल हस्तान्तरण गरे।
सो विदाई कार्यक्रम नेपाल ट्रायथलन संघले आयोजना गरेको हो।
प्रकाशित: १७ कार्तिक २०८२ १७:५१ सोमबार





