२१ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हरायो

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ। पीबीकेएसको यो लगातार दोस्रो जित हो भने सीएसकेको यो लगातार दोस्रो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १८.४ ओभरमा ५ विकेट गुमाएर २१० रनको लक्ष्य पूरा गर्‍यो।

पीबीकेएसका लागि कप्तान श्रेयस ऐयरले अर्धशतक प्रहार गरे। पीबीकेएसका लागि प्रभसिमरन सिंहले ४३, प्रियांश आर्याले ३९ र कुपर कोनोलीले ३६ रन बनाए। बलिङतर्फ विजयकुमार वैशाखले २ विकेट लिए।

चेन्नईका लागि आयुष म्हात्रेले अर्धशतक बनाए। चेन्नईका लागि शिवम दुबेले ४५ र सरफराज खानले ३२ रन बनाए। बलिङतर्फ म्याट हेनरी र अंशुल काम्बोजले २-२ विकेट लिए।

पीबीकेएसले चेन्नईभन्दा पहिले गुजरात टाइटन्सलाई पनि पराजित गरेको थियो। यस्तै चेन्नईले राजस्थान रोयल्ससँग पनि हार बेहोरेको थियो।

प्रकाशित: २१ चैत्र २०८२ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App