१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्रीद्वारा मिसन-२०२६ जारी राख्न निर्देशन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन्।

मिसन–२०२६ का विषयमा प्रधानमन्त्रीलाई जानकारी दिन राखेपका सदस्यसचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीलाई प्रधानमन्त्री कार्कीले बजेट व्यवस्थाका लागि अर्थमन्त्रालयसँग आवश्यक समन्वय गर्ने पनि बताइन्।

जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उदेश्यका साथ राखेपले दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिदै आएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन भएको बजेटले यही माघ महिनासम्म कार्यक्रम सञ्चालन हुने भएपछि बाँकी रकम व्यवस्थापनका लागि परिषद्ले अनुरोध गरेको हो।

एसियाली खेलकुदको तयारीलगायतका विषयमा प्रधानमन्त्रीलाई सदस्यसचिव मेहताले जानकारी दिए । भेटका अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठको पनि सहभागिता थियो। भेटमा प्रधानमन्त्री कार्कीले राम्रो तयारी गरी उद्देश्य पूरा गर्न भन्दै फागुन २१ को निर्वाचन लगत्तै  विशेष प्रशिक्षण जारी राख्न भनेकी हुन्।

प्रकाशित: २७ माघ २०८२ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App