१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

कालीकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कालीकोटमा १६औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

जिल्लाको नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा सोमबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो। प्रतिनिधि सभाका सांसद महेन्द्र बहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका छन्।  

कार्यक्रममा तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर प्रसाद उपाध्याय, उपप्रमुख महेन्द्र बहादुर शाही, रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलसहितका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका अगुवाको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न वक्ताले खेलकुद क्षेत्रको महत्वका बारेमा चर्चा गरेका थिए।

प्रकाशित: ७ वैशाख २०८३ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App