१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

साफ महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा

दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू- १९ च्याम्पियनसिपको तयारी पूरा भएको छ।  

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पोखरामा आयोजना हुने प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म हुनेछ।  

एन्फाको अनुसार प्रतियोगितामा सहभागी हुने सबै टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित भारत, भुटान र बंगालदेश छन्। पोखराको पोखरा रगंशालमा हुने सो प्रतियोगिताको टिकट साधारण प्याराफिटतर्फ २०० र भीआईपी प्याराफिटतर्फ ५०० रुपैयाँ छ।  

एन्फाको अनुसार प्रतियोगिताको अनुमानित बजेट दुई करोड ४५ लाख १५ हजार २९० रुपैयाँ रहेको छ। प्रतियोगितको सबै खेलहरु स्पोर्ट्सवर्क्जको युट्युब च्यानलबाट प्रसारण हुनेछ।

प्रकाशित: १५ माघ २०८२ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App