नेपाल 'ए' ले अभ्यास खेलमा अमेरिकी टोलीलाई ३ विकेटले पराजित गरेको छ।
शुक्रबार अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।
नेपाल 'ए' को लागि मयन यादवले सर्वाधिक ७२ रन बनाए। कप्तान अनिल कुमार साह २३ रन बनाएर आउट हुँदा देव खनाल १७ रनमा मैदानबाट बाहिरिए।
त्यसअघि, मूलपानी माथिल्लो क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो।
अमेरिकाका लागि ओपनर स्मित पटेलले शतकीय पारी खेले। उनले १०८ बलमा ११६ रन बनाए। सो क्रममा उनले १० चौका र ५ छक्का समेत प्रहार गरे।
नेपालको लागि पवन सरार्फले २ विकेट लिए।
यसअघि भएको पहिलो अभ्यास नेपाल 'ए' ले स्कटल्यान्डलाई ७५ रनले पराजित गरेको थियो। नेपालले अब शनिबार स्कटल्यान्डसँग खेल्नेछ।
प्रकाशित: २५ वैशाख २०८३ १७:३० शुक्रबार





