२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड ३२ को खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।

टोरन्टोमा सम्पन्न खेलमा क्रोएसियाविरुद्ध २-१ गोल अन्तरले पोर्चुगलले जित निकालेको हो। बराबरीमा रहेको खेललाई गोन्कालो रामोसले इन्जुरी टाइममा गरेको गोलले पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याएको हो।

त्यसअघि, एक गोलले पछि परेको पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले ६८औं मिनेटमा बराबरी गोल फर्काएका थिए। रोनाल्डोले पेनाल्टीमा बराबरी गोल गरेका थिए।

क्रोएसियाका भ्लासिचले पवर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पोर्चुगललाई पेनाल्टी दिएका थिए। यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो।

यसअघि उनले समूह चरणमा उज्वेकिस्तान विरुद्धको खेलमा दुई गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा क्रोएसियामा इभान पेरिसिचले गोल गरेका थिए।

प्रकाशित: १९ असार २०८३ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App