२ वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

पिएम कप : कोशीमाथि बाग्मतीको सहज जित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कोशी प्रदेशलाई सहजै पराजित गरेको छ। 

बाग्मतीले कोशीलाई ७ विकेटले हराएको हो। कोशीले दिएको ९९ रनको लक्ष्य बाग्मतीले ९ ओभरमा ३ विकेट गुमाएर  पूरा गर्यो। बाग्मतीको लागि विवेक मगरले अर्धशतकिय पारी खेले। उनी ६१ रन बनाउदै नटआउट रहे।

२८ बलको सामना गरेका उनले २ छक्का र १० चौका प्रहार गरे। बाग्मतीका ओपनर शुभ कन्सकार १ रन तथा अर्का ओपनर ईशन पाण्डे शून्य रनमा पेभिलियन फर्किए। कोशीको लागि विपिन महतोले २ विकेट लिए।

त्यसअघि, जनकपुरको रामजानकी बहुउद्देशीय क्रिकेट रगंशालमा टस हारेर पहिला ब्याटिङ गरेको कोशीले २८.२ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो। कोशीको लागि कप्तान सुजन थपलियाले सर्वाधिक २१ रन बनाए । उनले ४२ बलमा दुई चौका र एक छक्का समेत प्रहार गरे। 

त्यस्तै, कोशीका ओपनर सुमन श्रेष्ठ ८ तथा अर्का ओपनर शकिब दुई रन बनाएर मैदान बाहिरिए। बाग्मतीको लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ५ विकेट लिँदा रिजन ढकालले २ विकेट लिए।

प्रकाशित: २५ चैत्र २०८२ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App