२३ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

पिएम कपः एपीएफले सुदूरलाई दियो २६० रनको लक्ष्य

जारी प्रधानमन्त्री कप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले सूदुरपश्चिम प्रदेशलाई २६० रनको लक्ष्य दिएको छ।  

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले  निर्धारित ५० ओरभमा ९ विकेट गुमाएर २५९ रन बनायो।  

एपिएफको लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए। ४५ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन्। ओपनर आशिफ शेख एक रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेल ११ रनमा पेभिलियन फर्किएका थिए।  

सूदरको लागि शेर मल्लले ३ विकेट लिए भने विकास आग्री र अशोक धामीले समान २/२ विकेट लिए।

प्रकाशित: २३ चैत्र २०८२ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App