९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

पीएम कप : एपीएफको विजयी सुरुआत

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) को विजयी सुरुआत भएको छ।आईतबार मूलपानी माथिल्लो  क्रिकेट मैदानमा बागमती प्रदेशललाई ७१ हराउँदै विजयी सुरु गरेको हो।

एपीएफले दिएको २७२ रनको लक्ष्य पछाएको बागमतील ४५ दशमलव १ ओभरमा अलआउट हुँदै २०० रन मात्र बनायो।   

बागमतीको लागि विवेक मगरले सर्वाधिक ३४ रन बनाए। ६४ बलको सामना गरेका उनले २ चौका र एक छक्का प्रहार गरे। बागमतीका कप्तान सन्दीप लामिछाने शून्य रनमै पेभिलियन फर्किए। 

एपीएफको लागि कप्तान रोहित पौडेल र अभिषेक गौतमले समान ३ ३ विकेट लिए।  

त्यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनाएको थियो। एपीएफको लागि ओपनर आशिफ शेख सर्वाधिक ११४ रन प्रहार गरे। आशिफले १०५ बलमा १४ चौका र ३ छक्का समेल प्रहार गरे।  

त्यस्तै, एपीएफका सन्दीप जोराले अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेल भने ९ रन बनाएर आउट भए।बागमतीको लागि रिजन ढकालले सर्वाधिक ४ विकेट लिए।  

प्रकाशित: ८ चैत्र २०८२ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App