आगामी जनवरी २९ देखि हुने पाकिस्तान र अस्ट्रेलियाको तीन वटा टी-२० सिरिजको लागि पाकिस्तानले टोली घोषणा गरेको छ।
शुक्रबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले सलमान अलि अघाको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। अस्ट्रेलिया र पाकिस्तानले तीन वटा टी-२० खेल खेल्दै छन्।
जहाँ पहिलो खेल जनवरी २९ मा हुनेछ। दोस्रो खेल जनवरी ३१ र अन्तिम खेल फेब्रुअरी १ मा हुनेछ। यी तीनै वटा खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा हुनेछन्।
अस्ट्रेलियाले भने यसअघि नै मिचेल मार्शलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। यो सिरिज विश्वकपको तयारी स्वरुप खेल्न लागेको हो।
यस्तो छ पाकिस्तानको टोली:
सलमान अली घा (कप्तान), ख्वाजा मोहम्मद नाफे (विकेटकिपर),साहिबजादा फरहान (विकेटकिपर),
अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फखर जमान, मोहम्मद नवाज, मोहम्मद सलमान मिर्जा, मोहम्मद वसीम जुनियर, नसीम शाह, साइम अयुब, शाहीन शाह अफ्रिदी, शादाब खान, उस्मान खान र उस्मान तरिक
प्रकाशित: ९ माघ २०८२ १६:१९ शुक्रबार





