२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : मेक्सिकाे र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल

२३ औं फिफा पुरुष विश्वकप जुन १२ देखि जुलाई २० सम्म संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा खेलिँदैछ। प्रतियोगिताको ९६ वर्षको इतिहासमा यो पहिलो पटक हो जुन तीन देशले विश्वकप आयोजना गर्दैछन्।

उद्घाटन खेलमा समूह ‘ए’ को टोली तथा सहआयोजक मेक्सिको र दक्षिण अफ्रिका मेक्सिको सिटीमा प्रतिस्पर्धा गर्दै छन्। उद्घाटन नेपाली समयअनुसार बिहीबार राति १२ ४५ बजेदेखि उद्घाटन खेल हुँदै छ।

मेक्सिको

सहआयोजक मेक्सिकोले चार दशकपछि पहिलोपल्ट विश्वकप आयोजना गर्दै छ। चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा उत्तरी अमेरिकी राष्ट्र मेक्सिको समूहचरणबाटै बाहिरिएको थियो।

कतारभन्दा अगाडि सन् १९९४ देखि २०१८ सम्म लगातार सात पटक मेक्सिकोको यात्रा अन्तिम १६ मा टुंगिएको थियो । यसपल्ट ती निराशाजनक नतिजा बिर्सदै घरेलु टोली सफलताको अर्को अध्याय सुरु गर्न चाहन्छ । घरेलु भूमिमा भएको आयोजनामा मेक्सिकोले दुईपल्टसम्म अन्तिम आठको यात्रा तय गरेको इतिहास छ । आफैंले विश्वकप आयोजना गर्दा (१९७० र १९८६) को विश्वकपमा मेक्सिकोले अहिलेसम्मकै उत्कृष्ट नतिजा दिएको छ । चार दशकपछि आपैmले आयोजना गर्दा फेरि विश्वकपको क्वार्टरफाइनलबाट माथि उठ्ने मेक्सिकोको लक्ष्य छ । मेक्सिकोका समर्थकको धेरै आशा १७ वर्षे गिल्बर्टो मोरामाथि टिकेको छ । उनी मेक्सिकोको राष्ट्रिय टिमबाट खेल्ने इतिहासकै सबभन्दा कम उमेरको खेलाडी हुन्।

गत वर्ष मोराले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका थिए । मेक्सिकन टिम भेट्रान प्रशिक्षक जाभियर अग्विरेको नेतृत्वमा विश्वकपमा मैदान उत्रिने तयारीमा छ । अग्विरे पछिल्लो पटक सन् २०२४ मा मेक्सिकन राष्ट्रिय टिममा जोडिएका थिए । त्यसयता लगातार नेतृत्वमा रहेका उनको यो टिममा तेस्रो कार्यकाल हो । ‘मैले आफूलाई भाग्यमानी ठानेको छु,’ मेक्सिकोका अन्तर्राष्ट्रिय पूर्वखेलाडी अग्विरोले भनेका छन्, ‘एउटा मेक्सिकन हुनाको नाताले यो टिमसँग आबद्ध भएर काम गर्न मलाई रमाइलो लाग्छ । यहाँ काम गरिरहँदा मलाई प्रत्येक दिन धन्य अनुभव हुन्छ । घरेलु मैदानमा विश्वकप खेल्न पाउनुभन्दा ठूलो कुरा कुनै पनि खेलाडीका लागि अरू केही हुँदैन।’

टिम मेक्सिको  

गोलकिपर:  राउल रान्जेल (सिभाज), कार्लोस एकेभेडो (सान्तोस लागुना), गुलेर्मो ओचोआ (एइएल लिमासोल)

रक्षक: इजराइल रेयेज (क्लब अमेरिका), जिसस गालार्डो (टोलुका), जर्ज सान्चेज (पिएओके), सिजर मोन्टेस (लोकोमोटिभ मस्को), योहान भास्क्वेज (जिनोआ), माटियो चाभेज (पिएसभी)

मिडफिल्डर: इरिक लिरा (क्रुज अजुल), लुइस रोमो (सिभाज), ओबेड भार्गस (एट्लेटिको मड्रिड), ब्रायन गुटिरेज (सिभाज), ओर्बेलिन पिनेडा (एइके एथेन्स)ं, इड्सन अल्भारेज (फेनेरबाचे), गिल्बर्टो मोरा (क्लब टिजुआना), सिजर हुएर्टा (एन्डरलेक), अल्भारो फिडाल्गो (रियाल बेटिस), लुइस चाभेज (डिनामो मस्को)

फरवार्ड: रोबर्टो अल्भाराडो (सिभाज), एलेक्सिस भेगा (टोलुका), जुलियन क्विनोनेस (अल कादसिस), सान्टियागो जिमेनेज (एसी मिलान), गुलेर्मो मार्टिनेज (पुमास), अर्मान्डो गोन्जालेज (सिभाज), राउल जिमेनेज (फुलह्याम)

प्रशिक्षक : हाभियर अग्वेरे

दक्षिण अफ्रिका

१६ वर्षपछि विश्वकपमा फर्किने लागेको दक्षिण अफ्रिकाले यसपल्ट उत्तरी अमेरिकी क्षेत्रमा हुन लागेको विश्व फुटबलको महाकुम्भमा नयाँ इतिहास बनाउने सपना लिएको छ । दक्षिण अफ्रिकाले सन् २०१० मा आपैmले विश्वकप आयोजना गरेको थियो।

त्यसपछि विश्व चर्चित नेता नेल्सन मण्डेलाको देश दक्षिण अफ्रिका विश्वकपमा नै छनोट हुन सकेन । त्यो संस्करणपछि दक्षिण अफ्रिका विश्वकपको मैदानमा फर्किएको यही पहिलो पटक हो । घरेलु भूमिमा दक्षिण अफ्रिकाले एउटा खेलमा यादगार नतिजा दिएको थियो, त्यो हो फ्रान्समाथि २–१ को स्तब्धपूर्ण जित । तर पनि दक्षिण अफ्रिका समूह चरणबाट माथि उठ्न सकेन । विश्वकप इतिहासमा त्यति बेला दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक बन्न पुग्यो । त्यसअघि सन् १९९८ र २००२ मा विश्वकपको मैदानमा दक्षिण अफ्रिका नकआउट चरण पुग्न भने सफल भएको थिएन । यसपल्ट दक्षिण अफ्रिका छनोट प्रतियोगिताको समूहमा अफ्रिकी महारथी नाइजेरियालाई पछि पार्दै विश्वकप यात्रा तय गरेको हो।

छनोटमा उत्कृष्ट नतिजा आएकाले दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण पुग्ने लक्ष्यमा छ । दक्षिण अफ्रिकालाई प्रशिक्षकको भूमिकामा रहेर बेल्जियमका ह्युगो ब्रुसले नेतृत्व गरिरहेका छन् । सन् २०२१ देखि लगातार दक्षिण अफ्रिकी टिमको नेतृत्वमा रहेका ब्रुसले अधिकांश स्थानीय क्लबका खेलाडीहरूबाट विश्वकपको टिम तयार गरेका छन्।

टिम दक्षिण अफ्रिका

गोलकिपर: रोन्वेन विलियम्स (मामेलोडी सन्डन्स), रिकार्डो गस (सिवेलेले एफसी), सिफो चाइने (ओर्लान्डो पिराटेस)

रक्षक: खुलिसो मुडाउ (मोलोडी सन्डन्स), ओल्वेथु माखान्या (फिलाडेल्फिया युनियन), ब्राड्ली क्रस (काइजर चिफ्स), थावाङ माटुलुडी (पोलोवेने सिटी), एन्कोसिनाथी सिबिसी (ओर्लान्डो पिराटेस), अब्रे मोडिबा (मामेलोडी सन्डन्स), खुलुमानी एन्डामाने (मामेलोडी सन्डन्स), इमे ओकोन (ह्यानोभर ९६), सामुकेले काबिनी (मोल्डे एफके), एमबेकेजेली एमबोकाजी (सिकागो फायर)

मिड्फिल्डर: थेबोहो मोकोइना (मामेलोडी सन्डन्स), जाइडेन एडम्स (मामेलोडी सन्डन्स), थालेन्टे एमबाथा (ओर्लान्डो पिराटेस), कामोगेलो सेबेलेबेले (ओर्लान्डो पिराटेस) स्फेफेलो सिथोले (सिडी टन्डेला)

फरवार्ड: अस्विन एपोलिस (ओर्लान्डो पिराटेस), टिसेपाङ मोरेमी (ओर्लान्डो पिराटेस), इभिडेन्स माक्गोपा (ओर्लान्डो पिराटेस), लाइल फोस्टर (बर्नली), इक्राम राएनर्स (मामेलोडी सन्डन्स), रेले बोहिले मोफोकेङ (ओर्लान्डो पिराटेस), थेम्बा जिवाने (मामेलोडी सन्डन्स), थापेलो मासेको (एइएल लिमासोल)

प्रशिक्षक: हाभियर अग्वेरे

प्रकाशित: २८ जेष्ठ २०८३ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App