२७ मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएल सिजन-२ : कसले जित्ला कार?

नेपाल प्रिमिय लिग (एनपिएल)को दोस्रो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने फाइनल भिडन्त अपराह्न साढे ३ बजे सुरु हुनेछ।  

लिग चरणका सुरुवाती खेलबाटै यो पटक फाइनलमा पुग्ने अपेक्षा गरिएका केही टिम लिग चरणमा र केही प्लेअफमा रोकिए। विराटनगर किङ्सले यो पटक फाइनलमा स्थान बनाउने अपेक्षा धेरैमा थियो, तर क्वालिफायरका दुवै खेलमा उसको प्रदर्शन बिर्सन लायक बन्यो। जनकपुर बोल्ट्स लिग चरणमा पुछारमा रह्यो। काठमाडौं गुर्खाज प्लेअफमै रोकियो। योसँगै कारको दाबेदार मानिएका केही खेलाडीहरुको सम्भावना पनि सकिएको क्रिकेटका जानकारहरु बताउँछन्। फ्यान रेटिङमा भने विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने शीर्ष स्थानमा छन् । उनले क्वालिफायरमा रोकिनु अघि १७ विकेट लिएका छन्।  

फाइनलमा सुदूरपश्चिम र लुम्बिनी पुगेपछि अमोडाको कार जित्ने सम्भावित खेलाडीहरुमाथि अनुमान सुरु भएको छ। राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको यो भिडन्तमा कारमाथिको बाजी कसले मार्ला भन्ने चासो सुरु भएको छ। सुदूरका कप्तान ऐरी पहिलो संस्करणका कार विजेता हुन्।  

कारका विजेता सम्भावित पाँच खेलाडीः  

१, रोहितकुमार पौडेल

लुम्बिनी लायन्सका कप्तान तथा मार्की खेलाडी रोहितकुमार पौडेले जारी एनपिएलमा कारका प्रमुख दाबेदार मानिएका छन्। लिग चरणका सुरुवाती खेलमा खराब फर्ममा देखिएको लुम्बिनीलाई फाइनलसम्म पुर्याएकाले उनलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ। अलराउन्डर भूमिकामा देखिएका उनको प्रदर्शन निर्णायक मानिएको क्षणमा महत्वपूर्ण रहँदै आएको छ।  

उनको यही भूमिाका कारण क्रिकेटप्रेमी उनलाई यो संस्करणको उत्कृष्ट खेलाडीका रुपमा हेर्न चाहान्छन्। जारी एनपिएलमा रोहित सबैभन्दा बढी रन बनाउने खेलाडीको तेस्रो नम्बरमा छन्। फाइनलमा भन्दा एक खेलअघिसम्म उनको रन २६० छ। पोखरा एभेन्जर्सका एडम रोसिङ्टमको नाममा ३२३ रन रहेपनि नेपाली खेलाडीलाई कार दिने भएपछि रोहित विनोद भण्डारी भन्दा मात्र ४ रनले पछि रहेका हुन्। सूदूरपश्चिमका विकेटकिपर विनोदको २६४ रन छ।  

रोहितले बल्लिङतर्फ पनि सन्तुलित प्रदर्शन गरेका छन्। लुम्बिनीबाट ९ खेल खेलेका उनले ७ विकेट लिएका छन्।  

२, अविनास बोहरा

यस संस्करणको प्लेयर अफ दि टुर्नामेन्टको मुख्य दाबेदार हुन, सुदूरपश्चिमका बलर अविनाश बोहरा । उनी सबैभन्दा बढी विकेट लिनेको दोस्रो नम्बरमा छन्। जारी एनपिएलमा ८ खेलमा १६ विकेट लिएका उनलाई पनि कारको दाबेदारका रुपमा हेरिएको छ।  

उनी विराटनगरका सन्दीप लामिछानेभन्दा एक विकेटले मात्र पछि छन्। विराटनरका सन्दीप १७ विकेटसहित विकेट टेकरको पहिलो नम्बरमा छन्।

बोहोराले शनिबारको खेलेमा कम्तीमा २ विकेट लिए जारी एनपिएलको सबैभन्दा बढी विकेट लिने खेलाडीमा पर्नेछन्। जसले उनलाई कारको प्रमुख दाबेदार बनाउनेछ ।

३, विनोद भण्डारी 

सूदूरपश्चिमका ओपनर तथा विकेटकिपर विनोद भण्डारीलाई यो सिजन प्लेयर अफ दी टुर्नामेन्टको प्रमुख दाबेदारका रुपमा लिइएको छ। जारी एनपिएलमा उनी धेरै रन बनाउने खेलाडीको दोस्रो नम्बरमा छन्।  

सूदूरपश्चिमबाट ८ खेल खेलका उनले २६४ रन छ। विनोदका लागि जारी एनपिएल सुखद रहेको छ। सूदूरबाट ८ खेल खेलेका उनले ८ खेलमा २३ वटा चौका र ८ छक्का प्रहार गरेका छन्।  

उनको विकेटकिपको पनि चौतर्फी तारिफ भइरहेको छ। विराटनगरविरुद्धको पहिलो क्वालिफायर्समा प्लेअर अफ द म्याच बनेका विनोदले उल्लेख्य संख्यामा क्याच, रनआउट र स्टम्पिङ गराएका छन्।  

४, शेर मल्ल

लुम्बिनी फाइनलमा पुगेपछि शेर मल्ललाई लक्की खेलाडीका रुपमा चर्चा गर्नेहरुको पनि कमी छैन। जनकपुर बोल्ट्सबाट रिलिज भएका शेरले लुम्बिनीमा धुम मचाइरहेका छन्। गत सिजन उनी सहभागी जनकपुर फाइनलमा पुगेको थियो भने अहिले उनी नै आवद्ध रहेको लुम्बिनी फाइनलमा पुगेको छ।  

लुम्बिनी लायन्सका लागि शेर मल्ल प्रमुख हतियार बन्दै आएका छन्। त्रिवि क्रिकेट मैदानमा शेरले जादुमय प्रदर्शन गरिरहेका छन्।  

लुम्बिनीबाट ९ खेल खेलका उनले १४ विकेटमा आफनो नाम लेखाइसकेका छन्। जारी एनपिएलमा उनी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। शनिबारको जादुमयी प्रदर्शनले उनलाई विकेट टेकरको शीर्ष स्थानमा पुर्याउने हो हैन भन्ने निर्धारण गर्नेछ। विकेट टेकरमा उनीभन्दा सुदूरका बोहोरा छन्।  

उनले लुम्बिनीका लागि ४६ रनको योगदान पनि लिएका छन्। जसमा उनले ९ खेलमा चार छक्का र १ चौका प्रहार गरेका छन्। 

५, दीपेन्द्रसिंह ऐरी

सूदूरपश्चिम रोयल्सका मार्की र कप्तान दीपेन्द्र सिंह ऐरी पनि प्लेयर अफ दी टुर्नामेनटको रेसमा छन्।  

दुई पटक फाइनल पुर्याएका कप्तान दीपेन्दका लागि यो पटकको एनपिएल झनै सुखद रहेको छ। दिपेन्द्रको नाममा जारी एनपिएलमा ८ खेलबाट १४९ रन छ। आईसीसीको अन्तर्राष्ट्रिय अलराउन्डरको शीर्ष पाँचमा आफूलाई लामो समय राखेका उनले एनपिएलमा ८ विकेट पनि लिएका छन्।  

उनको अलराउन्ड भूमिका र मैदान रणनीतिले सुदूरलाई फेरि एकपटक फाइनलमा पुर्याएको छ। उनी यो रेसमा दौडिरहँदा धेरैले दीपेन्द्रले नै अमोडाको कार जित्ने अनुमान पनि लगाइसकेका छन्। 

प्रकाशित: २६ मंसिर २०८२ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App