११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एनपीएल अक्सन: चितवनको दबदबा, तीन खेलाडीलाई सर्वाधिक १५ लाख

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलाडी लिलामी (अक्सन) मा चितवन राइनोजले आक्रामक सुरुवात गरेको छ।

अक्सनको पहिलो चरणमा नै चितवनले देव खनाल र अर्जुन साउदलाई तथा कर्णाली याक्सले पवन सर्राफलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गरेका छन्।

पौने ४ बजेबाट सुरु भएको अक्सनको पहिलो चरण सकिएर हाल १५ मिनेटको विश्राम लिइएको छ।

पहिलो चरणको समाप्तिसम्म कुल ११ खेलाडी बिक्री भएका छन्। जसमा चितवन, विराटनगर र सुदूरपश्चिमले दुई-दुई खेलाडी अनुबन्ध गरेका छन् भने अन्य पाँच टोलीले एक-एक खेलाडीमा बोली लगाएका छन्।

चितवनले मात्र ३० लाख रुपैयाँ खर्च गरिसकेको छ भने लुम्बिनी, सुदूरपश्चिम र विराटनगरले पनि १० लाखको आँकडा पार गरेका छन्।

हालसम्म बिक्री भएका खेलाडी (टोलीअनुसार)

चितवन राइनोज (२ खेलाडी):

देव खनाल: १५ लाख

अर्जुन साउद: १५ लाख

कर्णाली याक्स (१ खेलाडी):

पवन सर्राफ: १५ लाख

लुम्बिनी लायन्स (१ खेलाडी):

दिलिप नाथ: १० लाख

सुदूरपश्चिम रोयल्स (२ खेलाडी):

हेमन्त धामी: १० लाख

टेकबहादुर रावत: २ लाख

विराटनगर किंग्स (२ खेलाडी):

सूर्य तामाङ: १० लाख

साहिल पटेल: ५ लाख

काठमाडौं गुर्खाज (१ खेलाडी):

उत्तम थापा मगर: ३ लाख

जनकपुर बोल्ट्स (१ खेलाडी):

सचिन भट्ट: २ लाख

पोखरा एभेन्जर्स (१ खेलाडी):

अभिषेक तिवारी: २ लाख

प्रकाशित: २४ श्रावण २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App