इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्जेन्टिना र स्पेनबिच हुने विश्वकप फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्। यो समर्थन प्रकट गर्न उनले इजरायलका लागि अर्जेन्टिनाका राजदूत रब्बी शिमोन एक्सेल वाहनिशसँग भेट गरेका छन्।
भेटका क्रममा रब्बी वाहनिशले अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीको सन्देश सुनाएका थिए। सो सन्देशमा माइलीले नेतान्याहूको समर्थनको प्रशंसा गरेका छन्। त्यसको जवाफमा नेतान्याहूले भने, ‘जेभियर, तिमी साथी हौ। एक सच्चा साथी। तिमी एक महान साथी हौ, हामी तिमीलाई समर्थन गर्छौं, हामी अर्जेन्टिनालाई धेरै तरिकाले समर्थन गर्छौं। शुभकामना!’
यो पनि पढ्नुहोस्
मेस्सी होइन, माइलीका कारण विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्छु : इजरायली प्रधानमन्त्री
उनले अधिकांश इजरायली नागरिक अर्जेन्टिनाकै पक्षमा रहेको दाबी गरेका छन्। स्पेन र अर्जेन्टिनाबिचको यो खेललाई अहिले केही मानिसले निकै चासोका साथ हेरेका छन्। यो खेललाई प्रतीकात्मक प्रतिस्पर्धाका रूपमा लिइएको छ।
सामाजिक सञ्जालमा समेत यस विषयलाई लिएर विभिन्न खालका टिप्पणी भइरहेका छन्। खेलमा अर्जेन्टिना लगातार उपाधि जित्ने दाउमा छ भने स्पेन युवा स्टार लामिन यामालको नेतृत्वमा मैदानमा उत्रिने तयारीमा छ।
प्रकाशित: ३ श्रावण २०८३ १५:३२ आइतबार





