२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एएफसी यू-२३ एसियन कप खेल्न गएको नेपाली टोली आज स्वदेश फर्किँदै

एएफसी यू-२३ एसियन कप खेल्न ताजिकिस्तान गएको नेपाली टोली आज स्वदेश फर्कने भएको छ ।  

टोली बुधबार नेपाल फर्किने तयारीमा रहेपनि मगंलबारदेखि नेपालको विमानस्थल बन्द भएपछि दुई दिन उतै अलपत्र परेको हो । नेपाली टोली बुधबार ताजस्कितानको विमानस्थलमै रात बिताउन बाध्य भयो। त्यहाँ रहेका सबै होटेल बुक भएपछि नेपाली टोली अलपत्रमा परेको हो ।  

बिहीबार बिहान पुन: होटल फर्किएको टोली शुक्रबार नेपाल आउन लागेको हो । बुधबार बेलुकादेखि नेपालको विमानस्थल खुल्ला भएको छ ।  

टोली अहिले ताजिकिस्तानबाट दुबई पुगेको र दिउँसो साढे १२ बजे नेपालका लागि उड्नेछ ।  

नेपाल यू-२३ एसियन कपमा भने जितविहीन बनेको थियो । 

प्रकाशित: २७ भाद्र २०८२ ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App