२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ

मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रमका बिच टोलीको बिदाइ गरेको हो। टोली १० दिन भारतमा प्रशिक्षण गरेर त्यँहाबाट मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ।

यसअघि क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

१० टोलीको सहभागिता रहने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ भने अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार छन्।

अगष्ट ३० देखि सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। यस्तै, सेप्टेम्बर ३ मा बहराइन, सेप्टेम्बर ५ मा मलेसिया र सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।

प्रकाशित: २९ श्रावण २०८३ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App