२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय टिमको अस्ट्रेलिया भ्रमणः एकै दिन दुई अभ्यास खेलमा पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि साउथ अस्ट्रेलियासँग पराजित भएको छ।  

नेपाल साउथ अस्ट्रेलियासँग ३ रनले पराजित भएको हो। साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाउदै १५७ रन मात्र बनाउन सक्यो।  

नेपालका लागि लोकेश बमले ३२ तथा रुपेश सिंहले ३७ रन बनाए।  

त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। अस्ट्रेलियाका लागि रायन किङले ३७ रन बनाए।  

यसअघि आजै बिहान भएको पहिलो अभ्यास खेलमा पनि नेपाल अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो। नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले एक बल अगावै पुरा गरेको थियो।  

नेपालले यसअघि अस्ट्रेलियामै टप इण्ड टी-२० सिरिज खेलेको थियो।

प्रकाशित: १२ भाद्र २०८२ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App