९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालले इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एसियाका दुई बलिया टोली इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार यसको आधिकारिक जानकारी दिँदै नेपालले कार्तिक ७ गते इरान र कार्तिक १० गते भारतको सामना गर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि भारतसँग मात्र मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि तालिकामा इरान पनि थपिएको हो। साथै, भारतसँगको खेलको स्थान पनि परिवर्तन गरिएको छ। पहिले सिक्किममा हुने भनिएको खेल अब भारतको शिलङमा आयोजना हुने एन्फाले जनाएको छ।

यी दुई महत्वपूर्ण मैत्रीपूर्ण खेलको तयारीका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्। उनले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। जसबाट अन्तिम टोलीको छनोट गरिनेछ।

प्रकाशित: २१ आश्विन २०८२ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App