वेस्ट इन्डिजविरुद्धको दोस्रो टी२० क्रिकेटमा १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले सस्तैमा दुई विकेट गुमाएको छ ।
पहिलो ओभरबाटै क्यारेबियन टोलीलाई दबाबमा राखेको नेपालले चौथो ओभरभित्र २ विकेट झारेको हो । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो ओभरमा जेवेल एन्ड्रय्ुलाई २ रनमा बोल्ड गरे । करण केसीले आफ्नो दोस्रो ओभरमा केइकी कार्टीलाई एक रनमा कुशल भुर्तेलद्वारा क्याच आउट गराए ।
चार ओभरको खेलको समाप्तिमा वेस्ट इन्डिजले २ विकेट गुमाएर ६ रनमात्र बनाएको छ ।
यसअघि शारजहामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल तयार पारेको हो ।
यो पनि पढ्नुहोस्
नेपाल-वेस्ट इन्डिज शृंखलाः नेपालले दियो १७४ रनको लक्ष्य, आसिफ र सन्दीपको उल्लेख्य पारी
प्रकाशित: १३ आश्विन २०८२ २२:२१ सोमबार





