नेपाल भलिबल संघको १२औँ साधारणसभा स्थगित भएको छ।
नेपाल भलिबल संघले मगंलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि स्थगित भएको जनाएको छ।
साधारणसभा आउँदो भदौ २७ गते पोखरामा हुने तय भएको थियो।
सोमबार देशका विभिन्न भागमा भएका आन्दोलनको क्रममा थुप्रै युवा तथा विघार्थीहरू ज्यान गुमाएपछि मगंलबार देशभरि त्यसविरुद्धमा प्रदर्शन भइरहेको छ।
प्रकाशित: २४ भाद्र २०८२ १४:१५ मंगलबार





