४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

वर्षाका कारण नेपाल र युएईको खेल रोकियो

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र युएईको खेल वर्षाका कारण रोकिएको छ । 

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो। दीपेन्द्र सिंह ऐरीको शतकप्रेरित प्रदर्शनमा नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ राेजेकाे नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायो। नेपालका दीपेन्द्रले सर्वाधिक १०० रन बनाए। ९४ बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, नेपालका ओपनर बिनोद भण्डारी ५६ रनमा पेभिलियन फर्किए। उक्त इनिङ्समा उनले ७ चौका प्रहार गरे। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका अर्जुन कुमाल ११ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ३९ रनमा मैदानबाट बाहिरिए।

यूएईका लागि अजय कुमारले २ विकेट लिए।

प्रकाशित: १८ वैशाख २०८३ १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App