२ पुस २०८२ बुधबार
image/svg+xml
खेल

एकै ओभरमा नेपाललाई दुई झट्का, आदिलपछि कप्तान रोहित पनि आउट

कतारविरुद्धको टी-२० विश्वकप एसिया छनोट खेलमा नेपालले लगातार दुई विकेट गुमाएको छ। एकै ओभरमा दुई विकेट गुमाएपछि नेपाल ठूलो स्कोर बनाउने लक्ष्यमा पछि परेको छ।

पहिले अलराउन्डर आदिल आलम मात्र २ रन बनाएर पेभिलियन फर्किए। उनले ६ बलको सामना गरे। आदिल आउट हुँदा नेपालले १६.२ ओभरमा ११४ रन बनाएको थियो।

त्यसको दुई बलपछि नै नेपाललाई सबैभन्दा ठूलो झट्का लाग्यो। उत्कृष्ट अर्धशतकीय पारी खेल्दै नेपालको इनिङ्स सम्हालिरहेका कप्तान रोहित पौडेल पनि आउट भए। उनी ५८ रनमा बोल्ड भए।

रोहितले ४१ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले १६.४ ओभरमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो।

सुरुवाती संकट टार्दै दीपेन्द्रसिंह ऐरीसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरेका रोहितको विकेट पतनसँगै नेपालको ठूलो स्कोर बनाउने सम्भावना कमजोर बनेको छ।

आदिलको स्थानमा आएका गुल्सन झा र रोहितको स्थानमा आएका सन्दीप जोरा अब क्रिजमा छन्। उनीहरुमाथि नेपाललाई अन्तिम ओभरमा सम्मानजनक स्कोरसम्म पुर्याउने जिम्मेवारी छ।

प्रकाशित: २७ आश्विन २०८२ २२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App