१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल साफ यु-१७ महिला च्याम्पियनपपिको उपाधि होडबाट बाहिरियो

नेपाल भुटानमा जारी साफ यु-१७ महिला च्याम्पयिनसिपको उपाधि होडबाट बाहिरिएको छ।  

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार भएको खेलमा बंगालदेशसँग ४-१ गोलले पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो। नेपालले चार खेलबाट ३ अंकमात्र जोडेको छ । भारत र बंगलादेशले तीन-तीन खेलमा जित निकालेका छन् । २ खेलमात्र बाँकी रहँदा नेपाल उपाधि होडबाट बाहिरिएको हो । 

बुधबार नेपालको लागि कप्तान भूमिका बुढाथोकीले पहिलो हाफको इन्जुरी समयमा सान्त्वना गोल गरिन्।  

नेपालले जारी प्रतियोगितामा आफनो पहिलो खेल भारतसँग खेलेको थियो। जहाँ भारतसँग नेपाल ७-० को फराकिले अन्तरले पराजित भएको थियो।  

आयोजक भुटानलाई २-१ गोलले हराएको नेपाल पहिलो चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।  

डबल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगितामा दोस्रो चरणका सबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल पहिलो खेलमा बुधबार फेरि बंगलादेशसँग पराजित हुन पुग्यो ।  

नेपालले अब अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्न छ।

प्रकाशित: ११ भाद्र २०८२ १७:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App