खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपालले आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा घरेलु टोली नेदरल्यान्ड्ससँग हार बेहोरेको छ ।
लिग–२ अन्तर्गत युट्य्रक्ट सहरमा बिहीबार त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा पनि खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भयो । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको थियो । नेपालले एक सय ५८ रनको लक्ष्य दिएको थियो । जुन डच टोलीले ४४.१ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टयो ।
लगातार हारपछि लिग–२ मा नेपालको शीर्ष चार दौड कमजोर बन्दै गएको छ । शीर्ष चारकै दौडमा रहेको नामिबिया र डच टोलीसँग हारपछि नेपालमाथि थप दबाब बढेको छ । लिग–२ को (२०२३/०२४–२०२७) साइकलमा नेपालको यो १७औं हार हो । कुल आठ राष्ट्र सहभागी लिग–२ को अंकतालिकामा शीर्ष चार टोलीले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
लगातार कमजोर प्रदर्शन गरेपछि शीर्ष चारका टोलीसँग नेपालको अंकदूरी पनि बढेको छ । साथै नेपालभन्दा तल रहेका टोलीले पनि नेपालाई चुनौती दिँदै छन् । सहभागी सबै आठ राष्ट्रले कुल ३६ खेल खेल्नेछन् । नेपालले अब ६ खेल खेल्न बाँकी छ । यी सबै खेलमा जित निकाल्दा पनि नेपालको सम्भावना कमजोर बन्न सक्छ । किनकि सातौं स्थानको क्यानडाको २८ खेलबाट नेपालसँगै समान २४ अंकमा छ ।
३० खेल खेलिसकेको नेपाल पाँचौं स्थानमा छ । समान ३२ खेलबाट अमेरिका ४३ अंक र स्कटल्यान्ड ३८ अंकसहित शीर्ष दुई स्थानमा छन् । यी दुईसँगै तेस्रो स्थानको नेदरल्यान्ड्स र चौथो स्थानको ओमानसँग पनि नेपालको अंकदूरी बढेको छ । समान २९ खेलबाट नेदरल्यान्ड्सको ३४ अंक र २८ खेलबाट ओमानको ३१ अंक छ । त्यसैले यी हारले नेपाल बाँकी खेल जित्नैपर्ने दबाबमा परेको छ ।
लगातार हारपछि लिग–२ मा नेपालको शीर्ष चार दौड कमजोर बन्दै गएको छ । लिग–२ को (२०२३/०२४–२०२७) साइकलमा नेपालको यो १७औं हार हो । कुल आठ राष्ट्र सहभागी लिग–२ को अंकतालिकामा शीर्ष चार टोलीले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा अघिल्लो खेलमा पनि नेपाल १५७ रनमै अलआउट भएको थियो । डच टोलीविरुद्ध पनि नेपालले १५८ रनको सामान्य लक्ष्य दियो । जुन डच टोलीले मात्र दुई विकेटको क्षतिमा ४४.१ ओभरमै पूरा गर्यो । कप्तान स्कट इडवार्ड र नोए क्रसले पाँचौं विकेटका लागि ८५ रनको साझेदारी गर्दै जित दिलाए । इडवार्ड ६१ रन र क्रस ३४ रनमा अविजित रहे ।
ओपनर सेड्रिक डी ल्याङ्गे र जाच लियोनले समान २१ रनको योगदान दिए । नेपालको बलिङमा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक विकेट लिँदा अन्य विकेटविहीन रहे । नेपाल ४४.४ ओभरमै १५७ रनमै अलआउट हुन पुग्यो । मध्यक्रमका ब्याटर आरिफ शेखले ४१ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन बन्यो । उनले ९० बलमा चार चौका प्रहार गरे ।
गुलसन झाले २९ र उपकप्तान दीपेन्द्रसिंहले २१ रनको योगदान गरे । अन्य खेलाडी चल्न सकेनन् । करण केसी १३ रनमा अविजित रहे । सोमपाल कामीले १० रन जोडे । नेपालले पहिलो पावरप्लेमा ३३ रन जोड्दा तीन विकेट गुमायो । ओपनरद्वय आसिफ शेख १४ र कुशल भुर्तेल ९ रनमै आउट भए । कप्तान रोहित पौडेल पनि ३ रनमा पभेलियन फर्किए । लगत्तै ईशान पाण्डे ४ रनमा आउट भए ।
त्यसपछि नेपाल ११.६ ओभरमा ४२/४ को अवस्थामा पुग्यो । आरिफ र दीपेन्द्रले इनिङ समाल्ने प्रयास गरे पनि सफल भएनन् । डच टोलीको बलिङमा रोयलफ भान डर मेर्वे र एलेक्जेनडर रोयले समान तीन विकेट लिए । लोगन भान विकले दुई तथा काइल क्लेइनले एक विकेट लिए । अब नेपालले सोमबार शृंखलाको तेस्रो खेल नामिबियासँग खेल्नेछ ।
प्रकाशित: ७ श्रावण २०८३ २२:०५ बिहीबार





