१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

नेपालको शानदार जित, मलेसियामाथि टी–२० सिरिज कब्जा

नेपाल र मलेसियाबिच भएको पाँच खेलको द्विपक्षीय टी–२० सिरिजको उपाधि नेपालले जितेको छ।

मलेसियालाई ५ विकेटले पराजय गर्दै नेपालले सिरिज हात पारेको हो। बुधबार मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका लागि रुबि पोदारले २६ तथा पूजा महतोले २३ रन बनाए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाए।

नेपालका लागि कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए।

प्रकाशित: २२ आश्विन २०८२ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App