२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

टप इण्ड टी-२० सिरिज : पाकिस्तानविरुद्ध नेपालको कसिलो बलिङ

अष्ट्रेलियामा जारी टप इण्ड टी-२० सिरिज अन्तर्गत नेपालले अहिले पाकिस्तानको सहिन्सविरुद्ध बलिङ गरिरहेको छ ।  

डार्विनको मरार क्रिकेट मैदान २ मा नेपालले पाकिस्तानविरुद्ध कसिलो बलिङ गरेको छ । दोस्रो ओभरमा दुई विकेट गुमाएको पाकिस्तानले नौं ओभरको समाप्तिमा चार विकेट गुमाएको छ ।  

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका हुन् । माज सदाक्तलाई एक रनमा क्याप्टेन रोहित पौडेलबाट क्याच आउट गराएका दीपेन्द्रले मोहमद फइकलाई २ रनमा बोल्ड गरे । आठौं ओभरमा कुशल भुर्तेलले यासिर खानलाई १८ रनमा क्याच आउट गराए । नवौं ओभरमा सोमपाल कामीले गाजी घोरीलाई ४ रनमा बोल्ड गरे र  

नौं ओभरको समाप्तिमा पाकिस्तानले चार विकेट गुमाएर ५२ रन बनाएको छ । 

प्रकाशित: ६ भाद्र २०८२ १५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App