३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

नेपालको मध्यक्रम धर्मरायो, चौथो विकेटका रूपमा सन्दीप जोरा आउट

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको मध्यक्रम धर्मराएको छ। नेपालले चौथो विकेटको रूपमा ब्याटर सन्दीप जोरालाई गुमाएको छ।

नेपालले ११.४ ओभरमा ६३ रनको स्कोरमा चौथो विकेट गुमाएको हो। क्रिजमा जम्न संघर्ष गरिरहेका जोरा ६ बलमा ५ रन बनाएर पेभिलियन फर्किए।

नेपालले एकपछि अर्को विकेट गुमाउँदा ठूलो स्कोर बनाउने लक्ष्यमा धक्का लागेको छ। यसअघि ओपनर आसिफ शेख (२), कप्तान रोहित पौडेल (१६) र कुशल मल्ल (४) आउट भइसकेका छन्।

सन्दीप जोराको स्थानमा अब अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन्।

उनले एकातर्फबाट टिकिरहेका कुशल भुर्तेलसँग मिलेर नेपालको इनिङ्सलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याउने महत्वपूर्ण जिम्मेवारी पाएका छन्।

प्रकाशित: २२ आश्विन २०८२ २१:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App