नेपालका अर्पिल रानाले एसियाली बक्सिङ च्याम्पियनसिपमा पुरुष यु-२२ उमेरसमूहमा कम्तीमा कांस्य पदक पक्का गरेका छन्।
थाइल्यान्डमा भएको च्याम्पियनसिपमा ५० केजी तौलसमूहमा अप्रिल सेमिफाइनलमा प्रवेश गरेसँगै कांस्य पदक पक्का भएको बक्सिङंका अन्तराष्ट्रिय कोओडिनेटर तथा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवालेले जनाएका छन्।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा अर्पिलले भुटानी मुक्केवाज किन्ले फुन्चोलाई ४-१ (स्प्लिट) अंकको आधारमा हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन्।
यसअघि अर्पिलले साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थिए। अर्पिलले अगष्ट ६ तारीखमा जापानका मुक्केवाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
जापानी मुक्केवाज कोटोले फिलिपिनी मुक्केवाजलाई ५-० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका थिए।
प्रकाशित: १९ श्रावण २०८२ १५:०० सोमबार




