नेपाली सिनियर क्रिकेट टोलीले दक्षिण अस्ट्रेलियासँगको ४५ ओभरको अभ्यास खेल जितेको छ। कप्तान रोहित पौडेलको अविजित शतकीय इनिङको मद्दतले नेपाली टोलीले दक्षिण अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो।
२४३ रनको लक्ष्य पछ्याएको नेपाली टोलीको इनिङ सुरुदेखि नै लड्खडाएको थियो। तर कप्तान रोहितको संघर्षपूर्ण १०१ रन जोड्दा १० औँ नम्बरमा आएका सोमपाल कामीले ३८ रनको सानदार पारी खेल्दै जितसम्म पु¥याएका हुन्। १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । यस्तै गुलशन झाले पनि रोहितसँग राम्रो साझेदारी गरेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको थियाे । अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिएका थिए ।
प्रकाशित: १४ भाद्र २०८२ १४:१३ शनिबार





