२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

कतारविरुद्ध नेपालको शतकीय सुरुवात, कुशल र दीपेन्द्र क्रिजमा

कतारविरुद्धको जारी अभ्यास खेलमा नेपालले सय रन पूरा गरेको छ।  

नेपालले १५ ओभरमा तीन विकेट गुमाएर एक सय ३० रन बनायो। क्रिजमा अहिले कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी खेलिरहेका छन्।  

नेपालका ओपनर कुशल भुर्तेल ५६ रन बनाएर आउट भए। ३३ बलको सामना गरेका उनले तीन छक्का र ५ चौका समेत प्रहार गरे।  

नेपालका अर्को ओपनर आसिफ शेख ११, कप्तान रोहित ८ रन बनाएर आउट भए।  

नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ रोजेको हो।

प्रकाशित: २० आश्विन २०८२ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App