६ आश्विन २०८३ मंगलबार
image/svg+xml
खेल

नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिन

२०औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन्।

जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन्। पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन्।

यसअघि हिजो भएको खेलमा पनि आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७ औँ स्थानमा रहेकी थिइन्। हिजै भएको खेलमा नेपालका डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ-आफ्ना स्पर्धाबाट बाहिरिएका थिए।  

अब एसियाडमा २०२६ को पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन्। अब डुवानाले १०० मिटर ब्याकस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ६ आश्विन २०८३ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App