१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल पुलिस क्लबले जित्यो झापा महिला गोल्डकपको उपाधि

नेपाल पुलिस क्लबले झापा महिला गोल्डकपको उपाधि जितेको छ।  

झापाको दुधे रगंशालमा आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १-० ले पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो । पुलिसका लागि मीना देउवाले गोल गरिन ।  

खेलको २२ औँ मिनेटमा मीनाले गरेको गोलले पुलिसलाई सफलता दिलायो । यसअघि सेमिफाइनलमा संकटा क्लबलाई २- ० ले सहज रुपमा पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको थियो ।  

त्यस्तै, एपीएफले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४- २ ले पराजित गर्दै फाइनल पुगेको थियो । जितसँगै पुलिसले १० लाख १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

 

प्रकाशित: २४ कार्तिक २०८२ १७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App