१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेपाल आयरल्यान्डसँग सय रनले पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा आयरल्यान्डसँग पराजित भएको छ। 

बुधबार मूलपानीको तल्लो क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्डले नेपाललाई १०० रनले पराजित गरेको हो। आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २५ रन बनाइन्।

नेपालका लागि कप्तान इन्दु बर्मा १२ रन बनाउँदै आउट हुँदा उपकप्तान पूजा महतो ३ रनमै पेभिलियन फर्किइन्। 

टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा २०० रन बनाएको थियो। आक्रमक ब्याटिङ गरेको आयरल्यान्डका लागि गेबी लुइसले सर्वाधिक ७७ रन बनाइन्। 

नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन्। 

नेपालले अब शुक्रबार अमेरिकासँग अर्को अभ्यास खेल खेल्ने छ। यो अभ्यास खेल नेपालमै आयोजना हुने टी-२० महिला विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप खेलिएको हो।

प्रकाशित: ३० पुस २०८२ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App