२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

नेपालले गुमायो चौथो विकेट, रोहित पौडेलको अर्धशतक

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ। अल अमिरातमा जारी खेलमा नेपालले ३५.५ ओभरमा १३३ रन जोड्दा चौथो विकेटका रूपमा बासिर अहमदलाई गुमाएको हो।

बासिरले ५७ बलमा ३ चौकासहित ३० रन बनाए। उनलाई सुखजिन्दर सिंहले आफ्नै बलमा क्याच आउट गराए।

नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ७० रन बनाएका छन्। उनले ९७ बलमा ६ चौका र एक छक्का प्रहार गरेका छन्। रोहितले क्रिजमा टिकेर नेपालको इनिङ्स सम्हालिरहेका छन्।

यसअघि अर्जुन कुमाल २३, आसिफ शेख ४ र ईशान पाण्डे शून्य रनमा आउट भएका थिए। क्यानडाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

खेलमा नेपालका कप्तान सन्दीप लामिछानेसहित गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव र ललित राजवंशी ब्याटिङका लागि आउन बाँकी छन्।

प्रकाशित: २५ आश्विन २०८३ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App