२५ आश्विन २०८३ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपालको सुरुवात सुस्त, २५ ओभरमा ८१ रन बनाउँदा तीन विकेट गुमायो

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा क्यानडाविरुद्ध नेपालले सुस्त सुरुवात गरेको छ। ओमानको अल अमेरातमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले यो खबर तयार पार्दा सम्म २३ ओभरमा तीन विकेट गुमाएर ७० रन बनाएको छ।

क्यानडाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले एकतर्फबाट इनिङ्स सम्हालिरहेका छन्। उनी ६५ बलमा ४३ रन बनाएर क्रिजमा छन्। उनले तीन चौका प्रहार गरेका छन्। अर्कोतर्फ बासिर अहमद खाता २४ बलमा ५ रन बनाएर क्रिजमा छन्।  

नेपालका अर्जुन कुमाल ५४ बलमा २३ रन बनाएर आउट भएका छन्। नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढ्न रोहितसँगै मध्यक्रमका ब्याटरले साझेदारी गर्नु आवश्यक देखिएको छ। 

प्रकाशित: २५ आश्विन २०८३ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App